आईसीसी टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा नेपालले लगातार दोश्रो जित निकालेको छ । फिलिपिन्सले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ८२ रन जोडेको थियो । अल अमेरात क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले हराउँदै दोस्रो जितको निकालेको हो ।
ट्स हारेर पहिलो ब्यटिङको निम्तो पाएको नेपालले २० ओभर खेल्दै ३ विकेट गुमाउँदै २ सय १८ रन जोडेको थियो । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अविजित रहँदै १०४ रन जोडे । कुशलले ६१ बल खेल्दा १३ चौका र १ छक्का प्रहार गरे । कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाडी बनेका छन ।
त्यस्तै दिपेन्द्रसिंह ऐरीले ८३ बनाए । उनले ४७ बलमा ६ चौका र ४ छक्का हिर्काए । कुशल र दिपेन्द्रले १ सय ७१ रनको साझेदारी गरेका हुन् ।कुशल मल्लले १२ रनमा आउट भए भने आशिफ शेख शुन्य रनमै आउट भएका थिए ।
त्यस्तै पछिल्लो क्रिज टेकेका लोकेश बम अविजित रहँदै ६ रन जोडे । नेपालको तर्फबाट कप्तान सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए । फिलिपिन्सका लागि मिग्गी पोडोस्की, गुर्धुपिन्दर चोहान र ड्यानियल स्मीथले एक–एक विकेट लिए ।




