राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारको मापदण्ड तय गरेको छ । पार्टीले उम्मेद्वार बन्न लोकप्रिय, उच्च नैतिक चरित्र र विकास निर्माणमा भूमिका खेल्ने व्यक्ति हुनुपर्ने बताएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय पदाधिकारीको बैठकले स्थानीय तहमा निर्देशिका जारी गर्ने क्रममा यस्तो मापदण्ड बनाएको हो ।

‘स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोट गर्दा सम्बन्धित तहमा लोकप्रिय, उच्च नैतिक चरित्र भएको, सामाजिक क्षेत्रमा क्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको हुनुपर्नेछ,’ निर्देशिकामा उल्लेख गर्दै भनिएको छ, ‘विगतका निर्वाचनमा पार्टी र पार्टीका उम्मेद्वारका पक्षमा सक्रियतापूर्वक कार्य गरेको, पार्टीद्वारा सञ्चालन गरिएका विभिन्न कार्यक्रम, अभियान र आन्दोलनलगायत गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको, प्रचलित कानुनले उम्मेदवार हुन योग्य भएको र सुशासनमा प्रतिबद्धता हुनुपर्नेछ ।’

 

यस्तै निर्वाचनमा पार्टी प्रवेश गरेका उम्मेद्वार बन्न चाहेमा सम्बन्धित स्थानीयतहले गरेको निर्णय मान्य हुने बताएको छ । यस्तै आगामी चैत २८ गते देशका सबै जिल्ला सदरमुकाममा एकैदिन घर दैलो अभियानको सुरुवात गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link