सत्ता साझेदार दलहरुले चुनावी गठबन्धनका लागि समयसीता तोकेको छ । कार्यदलका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले चैत २६ गतेको समयसीमा तोकेको हो ।

सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तह निर्वाचनका लागि देशव्यापी चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । तर त्यसको ठोस ढाँचा अहिलेसम्म बन्न सकेको छैन । कुन जिल्लामा कुन दलले कसरी उम्मेदवार चयन गर्ने भन्ने विषयमा तत्काल निर्णय गरी पठाउन निर्देशन जारी भएको नेता पौडेलले बताए ।

‘हामी चैत २७ गते बैठक बस्दैछौं । बैठकअघि कुन जिल्लामा कसरी उम्मेदवार छनौट गर्ने विषयमा जिल्लाले निर्णय पठाउनुपर्‍यो । त्यही अनुसार हामी बसेर त्यसको निर्क्यौल गर्नेछौं,’ उनले अन्नपूर्णसँग भने ।
चुनावी तालमेलका लागि अहिले जिल्ला जिल्लामा कार्यदल बने पनि उम्मेदवार छनौटको विषयमा कुनै निर्णय गर्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link