जिम्बावेसँग टी-२० क्रिकेट सिरिज खेलिरहेको नेपाल पराजित भएको छ । आइतबार क्रितिपुरस्थित टियू क्रिकेट खेलमैदानमा भएको खेलमा नेपालले टस हारेर निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन जोडेको थियो ।

नेपालका लागि कुशल भुर्तेल ३१ बलमा ४६ रन जोडे। त्यस्तै रोहित पौडेलले २६ बलमा ३६ रनको पालि खेले । आशिफ शेख १६ बलमा ९ रन बनाउँदै आउट भएभने दिपेन्द्रसिंह ऐरी १३ बलमा २८ रन जोडे  यस्तै मोहम्मद आदीम आलम २७ बलमा ४७ रन जोडे ।

नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link