प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्न सत्ता गठबन्धन दलका शीर्ष नेताहरु सहमत भएका छन् । प्रधानमन्त्री निवास बालु्वाटारमा बुधबार बसेको बठबन्धन दलको बैठकले मंसिर ४ गते निर्वाचन मिति तोक्ने सहमति जुटेको हो ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनाव मिति तोक्ने निर्णय भएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनाव मिति तोक्नेछ । यस विषयमा गठबन्धन दलबीच सहमति जुटेको बताइएको छ ।




