सत्ता साझेदार दलहरुको न्यूनमत साझा कार्यक्रम मस्यौदा गर्न गठित समितिले आफ्नो अन्तिम मस्यौदा शीर्ष नेतालाई बुझाएको छ ।कार्यदलले सत्ता साझेदार दलहरूका संयोजक केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटार मस्यौदा बुझाइएको हो । न्यूनमत साझा कार्यक्रम तयार गर्न पुस १४ गते गठित कार्यदलको संयोजक उपप्रधान तथा अर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल थिए ।
अन्य सदस्यहरुमा माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, राप्रपाका धवल शमशेर जबरा र जसपाका रकम चेम्जोङ थिए ।




