जीवन बीमा कम्पनी नेपाल लाइफले रू एक करोड एक लाखको दाबी भुक्तानी गरेको छ । पोखरा–१७ की बीमित संगिता शाहीको माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएको थियो ।
बुधबार बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतकले इच्छाइएको व्यक्ति कोपिला घर्ति क्षेत्री (आमा) लाई एक करोड एक लाखको चेक हस्तान्तरण गरिएको नेपाल लाइफले जनाएको छ ।
शाहीले गत भदौ २९ गते ५० लाख बीमाङ्क भएको जीवन सहारा बिमा योजना लिएकी थिइन् । बीमाङ्क बापतको रकम अन्तर्गत ५० लाख र दुर्घटना मृत्यु दाबाी बापत ५० लाख गरी जम्मा एक करोड एक लाख उनी आमालाई प्रदान गरिएको हो ।




