आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय एकदिवसीय शृंखलामा यूएई पपुवा न्यूगिनी(पीएनजी) सँग लगातार तेस्रो पटक पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको यूएई ४२.२ ओभरमा १ सय ९० रन बनाएर अलआउट हुँदा पीएनजीले ५६ रनको जित निकाल्यो । यसअघि, यूएई आफ्नै मैदानमा पीएनजीसँग दुईपटक पराजित भएको थियो ।

यूएईका लागि दोस्रो नम्बरमा क्रिजमा आएका आर्यन लाक्राले सर्वाधिक ५१ रन योगदान गरे। उनले, ७२ बल खेल्दै ५ चौका र एक छक्का प्रहार गरे ।

ओपनर मोहमद वासिम २७ बलमा ४ चौका र तीन छक्काको मद्दतमा ४१ रनमा क्याचआउट भएका थिए । यूएईका लागि निरन्तर राम्रो स्कोर बनाइरहेका अर्का ओपनर आसिफ खान ११ रनमा आउट भए ।

चुन्दांगापोयल रिजवान र जावार फरिद समान १९ रन बनाएर पभेलियन फर्कँदा कार्थिक मेयाप्पनले १४ रन जोडे । त्यो बाहेक यूएईका अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

पीएनजीका रिले हिकुरेले सर्वाधिक तीन विकेट लिए । काबुआ मोइरा र कप्तान आसाद भालले समान दुई विकेट लिँदा सिमोन कामिआ र नोर्मान भानुवाले एक–एक विकेट लिए ।

यसअघि, पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४६ रनको योगफल तयार पार्‍यो । पीएनजीका सेसे बाउले सर्वाधिक ८१ रनको अविजित इनिङ खेले। उनले १ सय ६ बल खेल्दै १० छक्का प्रहार गरे ।

ओपनर किप्लिन डोरिगा पहिलो विकेटका लागि हिरीहिरीसँग अर्धसतकीय साझेदारी गर्दै ४४ बलमा ८ चौका र २ छक्कासहित ५५ नमा आउट भए। हिरीहिरीले ८५ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ७७ रन योगदान गरेर आर्यन अफजल खानको बलमा बोल्डआउट भए ।

शीर्ष क्रमका तीन ब्याटरले उत्कृष्ट प्रदर्शन गर्दा मध्य क्रमका चाड सोपर र नोमन भानुवाले समान १० रन योगदान गरे। पीएनजीका अन्य ब्याटले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यूएईको बलिङमा आर्यन अफजल खानले १० ओभरमा तीन मेडन राख्दै ३४ रन खर्चिएर सर्वाधिक तीन विकेट लिएका थिए । जहुर खान र जुनाइद सिद्दीकीले समान दुई विकेट लिँदा, रोहन मुस्तफा र कार्थिक मियाप्पनले एक–एक विकेट लिए ।

पीएनजीसँगको हार पछि यूएईलाई शीर्ष पाँचमा रहेर एकदिवसीय मान्यता जोगाउन बाँकी तीन खेल जित्नै पर्ने दवाव रहेको छ ।

यूएईले दोस्रो खेल आईतबार नेपालसँग खेल्ने छ। पीएनजी पहिलो खेलमा नेपालसँग ५२ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link