स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच बिदाई भेट भएको छ ।सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री बस्नेत र पोलिटको भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रमा भएका सहकार्य र सहयोगकाबारे छलफल भएको थियो ।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगलाई कसरी निरन्तरता दिने भन्ने विषयमा छलफल भएको बताए । उनले नेपालबाट नर्सिङ जनशक्ति बेलायत लैजाने विषयमा पनि छलफल भएको जानकारी दिए । “राजदूत छिट्टै बेलायत फर्किंदैछन् ।

यही क्रममा भएको भेटमा मुख्य तीन विषयमा छलफल भएको छ । मन्त्री बस्नेतका अनुसार, “बेलायतमा नर्सिङ जनशक्ति कसरी व्यवस्थित र सुरक्षितरुपमा पठाउने, देशभित्र गोर्खा बिर्टिस सेनाको स्वास्थ्य उपचारको व्यवस्था र स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालनका विषयबारे छलफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link