११ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरी बारे छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्ने क्रममा कांग्रेस नेता पौडेलले जलहरीमा भ्रष्टाचार भएको भन्ने आरोप गम्भीर विषय भएकाले छानबिनका लागि संसदले समिति आवश्यक रहेको बताए ।

पौडेलले अख्तियारको अनुसन्धान प्रक्रियामा समेत प्रश्न उठाएका छन् । ‘उजुरी परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन गर्न लागेको छ । महालेखाको प्रतिवेदनमा प्रष्ट आएको विषयमा यति ढिलो छानविन किन गर्‍यो ?’ अख्तियारको काम कामकारबाही बारे प्रश्न गरे ।

जलहरी राख्ने तत्कालीन सरकारले गरेको निर्णय जस्तै भावी दिनमा अरु सरकारले निर्णय गर्न पाइउने कि नपाउने भनि यो प्रकरणले प्रश्न उठाएको पौडेलले बताए ।धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचारको विषय जोडिँदा संसार सामू नेपाली शीर निहुरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link