ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित सात जना पक्राउ परेपछि याे प्ररकरण नयाँ रूप लिएकाे छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार विभिन्न ठाउँबाट उनिहरूलाइ पक्राउ गरेको  थियाे ।

पक्राउ पर्नेमा सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, कलाधर देउजा, गोापल कार्की, सुरेन्द्र कपाली र भुपेन्द्रमान श्रेष्ठ रहेका छन् । शाह पूर्व निर्वाचन आयुक्तसमेत हुन् ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले ललिता निवास प्रकरणमा उनीहरू पक्राउ परेको जानकारी दिए । उनीहरूलाई म्याद थपका लागि आजै सरकारी वकिलको कार्यालयमा पेस गर्ने भएको छ ।

भाटभटेनीका सञ्चालक गुरुङ २०७७ माघ २१ गते दुई करोड धरौटीमा रिहा भएका थिए । सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको हो ।

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो ।

यसै बीच मंगलबार समातिएका सात जनामध्ये तीन जनाले सर्वोच्च अदालतबाट पक्राउ नगर्न ‘स्टे अर्डर’ लिएको खुलेको छ ।

‘स्टे अर्डर’ लिनेमा  मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी रहेको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link