काठमाडौँ । २०औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसालले धान रोपेका छन्

कृषि विभागको आयोजनामा खुमलटारस्थित कृषि अनुसन्धान परिषद् परिसरमा आयोजित रोपाइँ महोत्सवमा कृषिमन्त्री डा बेदुराम भुसाललगायत उच्च सरकारी अधिकारीले सहभागिता जनाएका हुन् ।
सो क्रममा मन्त्री भुसालले ट्याक्टरमार्फत पनि धान रोपेका थिए । साथै उनी लगायत मन्त्रालयका अधिकारीहरूले भौतिक रूपमा पनि धान रोपेका थिए ।




