काठमाडाैं उपत्यकासहित देशभर विभिन्न स्थानमा बिहानैदेखि वर्षा भएकाे छ ।  देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र लुम्बिनी, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौम पूर्वानुमान महाशाखाले जनाएकाे  छ ।

पछिल्लो समय स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ र आसपास अति भारी वर्षा भएको महाशाखाले जनाएकाे छ। उक्त स्थानका खहरे खोलाहरूमा आकस्मिक बाढी आउने सम्भावना औंल्याइएको छ। त्यस्तै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बताइएको छ ।

पाल्पाको तानसेन स्टेसनमा पछिल्लो २४ घन्टामा १ सय ६३ .८ मिलिमिटर वर्षा मापन गरिएको छ । त्यस्तै पाल्पाकै बल्ड्याङगडीमा पछिल्लो २४ घन्टामा २ सय ५५.८ मिलिमिटर मापन गरिएको छ। यता दाङको कोइलाबास क्षेत्रमा पछिल्लो २४ घन्टामा १ सय ३८.४ मिलमिटर मापन गरिएको छ। अर्घाखाँचीमा पछिल्लो २४ घन्टामा १ सय ५५.८ मिलिमिटर मापन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link