साताको तेस्रो कारोबारका दिन मंगलबार नेप्से दोहोरो अंकले बढेको छ । सबै उपसमूहमा हरियाली छाएको छ ।आइतबार ५३ र सोमबार २१ अंकले ओरालो लागेको नेप्से परिसूचक आज भने १२.७३ अंकले उकालो लागेको छ । यसदिन बजारमा ६४ लाख ५० हजार ९३४ कित्ता सेयरको खरिदबिक्री हुदा २ अर्ब ५७ करोड ६१ लाख ४० हाजर १२८ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको तुलनामा आज कारोबार रकम हवात्तै घटेको छ ।

मंगलबार सर्वाधिक नाफा सिटी होटल लिमीटेड र मानुशी लघुवित्त वित्तीय संस्थाले कमाएका छन, भने विपीडब्लु लघुवित्त वित्तीय संस्था र एनआइबीएल प्रगती फण्डले सर्वाधिक गुमाएका छन् ।त्यस्तै, कारोबारका आधारमा सिटिजअन इन्भेष्टमेनट ट्रष्ट १२ करोड १७ लाख ८३० रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी उपसमूहतर्फ आज हरियाली भएको छ । जहाँ १३ वटै उपसमूहको सेयरमुल्य बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link