काठमाडौं महानगरपालिकाले संस्थागत शिक्षण संस्था कक्षा ११ मा छात्रवृत्ति प्राप्त गर्न चाहने विद्यार्थीहरुका लागि आवेदन माग गरेको छ ।

महानगरपालिका अन्तर्गतको शिक्षा विभागले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८०–८१ मा संस्थागत विद्यालयमा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले यही असार २८ गतेदेखि आवेदन दिन सक्ने जनाएको छ ।

अनलाइनमार्फत साउन १२ गतेसम्म आवेदन दिन सकिने छ । छात्रवृत्ति परीक्षा साउन २० गने हुनेछ ।

परीक्षामा कक्षा १० को पाठ्यक्रममाबाट सयवटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने महानगरले जनाएको छ । परीक्षा केन्द्र पछि तोकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link