संसदको अवरोध खुलाउने विषयमा तीन नेताबीच भएको छलफल सकिएको छ ।
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अधयक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीचको बैठक सकिएको हो ।
बैठकमा के भयो भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ ।’ प्रतिनिधिसभाको बैठक सोमबार नै दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ ।




