सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भेटिएकाे छ । मनाङ एयरको ९ एनए–एमभी कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भेटिएकाे हो ।
सुर्केबाट आज बिहान १० बजे काठमाडौँका लागि उडेको हेलिकप्टर सवा १० बजे लाम्जुरापास क्षेत्रबाट सम्पर्कविहीन भएको थियो ।
हेलिकोप्टरमा चालकसहित ६ जना रहेका थिए । हेलिकाेप्टरमा चालक दल सहित सवार ६ जनाकै शब भेटिएको छ । उनीहरुको पहिचान खुलेको छैन ।
हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । अन्य पाँचजना मेक्सिकोका नागरिक रहेका थिए । हेलिकोप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक सवार थिए ।




