अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला र पुरुषकोपुरस्कार राषि बराबर हुने घोषणा गरेको छ ।

दक्षिण अफ्रिकाको डर्नमा भएको वार्षिक सम्मेलनमा आईसीसीले महिला र पुरुष टोलीको पुरस्कार रकम समान गर्ने घोषणा गरेको हो । यस निर्णियले अब महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता विजेता लगायतले पाउने पुरस्कार रकम पनि बराबर हुनेछ ।

आईसीसी अध्यक्ष ग्रेग बार्कलेले यो महत्वपूर्ण क्षण भएको बताएका छन् । ‘यो हाम्रो खेलको इतिहासमा महत्त्वपूर्ण क्षण हो।  म खुशी छु कि आईसीसीको विश्वव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पुरुष र महिला क्रिकेटरले समान पुरस्कार राशि पाउनेछन्,’ उनले भनेका छन् ।

पुरस्कार राशी समान बनाउने प्रयास स्वरुप २०१७ देखि महिला प्रतियोगितामा पुरस्कार बढाउँदै आएको उनले बताए । अब आईसीसी महिला विश्वकप, महिला टी-२० विश्वकप र यू-१९ महिला विश्वकपको विजेताले पुरुषकै समान पुरस्कार पाउने उनले बताए ।

उनले अगाडि थपे, ‘समान पुरस्कार राशीमा पुग्ने स्पष्ट लक्ष्यका साथ, हामीले सन् २०१७ देखि महिला प्रतियोगिताहरूको पुरस्कार राशी बढाएका थियौं । अबदेखि, आईसीसी महिला क्रिकेट विश्वकप जित्दा आईसीसी पुरुष क्रिकेट विश्वकप जित्ने बराबरको पुरस्कार राशी हुनेछ र टी-२० विश्वकप र यू-१९ विश्वकपमा पनि उस्तै हुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link