काठमाडाैं महानगरपालिकाको बजेट सर्वसम्मत पारित भएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको १३ औं नगरसभाको आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसम्मत पारित गरेको हो ।

असार १० गते महानगरकी उपप्रमुख सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् । महानगरले दश वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ ।  त्यस्तै, २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

महानगरले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ । शिक्षाका लागि महानगरले ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ । २०७९/८० मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link