निर्वाचन आयोगले जनता समावजवादी पार्टी (जसपा) को विवादका अन्तिम फैसला सुनाउनुअघि आगामी साउन ११ गते निर्वाचन आयोगमा बोलाएको छ।पार्टीको आधिकारिकता दाबी सम्बन्धमा दुवै पक्षका कानुन व्यवसायीको बहस सुनिसकेपछि आयोगले पार्टी एकीकरणको समय बनेको कार्यकारिणी समितिका सबै सदस्यलाई नागरिकता प्रमाणपत्रसहित ११ गते आयोगमा उपस्थित हुन सूचित गरेको हो । उनीहरूको सनाखत गरेपछि आयोगले ११ गते अन्तिम फैसला सुनाउने छ । महन्थ ठाकुरले गत पुस ७ गते गरेको कार्यकारिणी समिति हेरफेर भने आयोगले मान्यता दिएको थिएन् । ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षले आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ । यादव पक्षले कार्यकारिणी समितिमा आफ्ना पक्षका ३१ जना सदस्य रहेको दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link