सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।

अघिल्लो कार्यकालका उजुरीबारे आन्तरिक छलफलका लागि शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन ।

 

२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्छ, तर १३ जना मात्रै उपस्थित भए ।

समितिका उपसचिव सविता शर्माको अनुसार अर्को बैठक आइतबारलाई राखिएको छ । ‘१४ जना सांसद उपस्थित हुँदा बैठक बस्न सक्थ्यो । आज १३ जना मात्र उपस्थित हुँदा बैठक स्थगित हुन पुग्यो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link