आगामी अक्टोबर ८ मा सुरु हुने १९ औं एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा गरिएको छ । चीनको हाङ्झोउमा हुने खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमको नाम राष्ट्रिय खेलकुद परिषद्लाई पठाएको छ । टी २० फर्म्याटमा हुने खेलका रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरिएको छ ।

टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, विवेककुमार यादव, प्रतिश जीसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी रहेका छन् ।यादव, बोहोरा र भण्डारीले लामो समयपछि नेपाली टिममा कमब्याक गर्दा आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने बाहिरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link