नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहित १५ जना रिहाइको माग गर्दै उच्च अदालत पाटन पुगेका छन् ।

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण, रायमाझीसहित १६ जनालाई पुर्पक्षमा लागि थुनामा पठाएको थियो । तर, त्यसमध्ये १५ जनाले साधारण तारेखमा छुटी पाउँ भन्दै उच्च अदालत पाटनमा निवेदन दिएका हुन्।

उनीहरूको निवेदनउपर सुनुवाइ गर्दै उच्च अदालत पाटनले कैफियत प्रतिवेदन माग गरेको छ। जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १९ जना मध्ये ३ जनालाई पुर्पक्षका लागि धरौटीमा छोडेको थियो। बाँकी १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो।
सोही प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने उच्च अदालत गएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link