नेपाली बजारमा आज सुनको भाउ २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीमा प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो चाँदीको भाउ १ हजार ४६० रुपैयाँमा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link