प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बिहीबार बसेको राष्ट्रियसभाको बैठक अवरोध गरेका छन् ।

प्रतिनिधिसभामा साउन १० देखि अवरोध गरिरहेको एमालेले बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक शुरू हुने बित्तिकै एमालेका सांसदले विरोध जनाएका हुन् ।

बैठकको सुरुमा बोल्दै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले गत साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाइनुपर्ने माग गरेका छन् ।

सांसद श्रेष्ठले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे। उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म राष्ट्रिय सभाको बैठक अगाडि बढाउन नहुने उनको भनाइ थियो।

त्यसपछि अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको बैठकको कामकारबाही अघि बढाउन खोजेका थिए। एमाले सांसदले विरोध जारी राखेपछि राष्ट्रियसभा बैठक साउन २२ गते बस्ने गरी स्थगन भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link