कार दुर्घटनामा परि एकै परिवारकाे ४ जना सहित १० जनाकाे मृत्यु भएकाे छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको थियाे ।

उक्त दूर्घटनामा परि बाँके नेपालगञ्जका एकै परिवारका ४ सहित ६ जनाको  मृत्यु भएको हाे । मृत्यु हुनेमा  नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ त्रिभुवनचोकका वैभव गुप्ता, उनकी पत्नी दीपिका गुप्ता,५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको मृत्यु भएको छ ।

यसैगरी निलान्स गुप्ता र उनकी बहिनी नीति गुप्ताको पनि भारत श्रावस्तीको बलरामपुरस्थित एकाउन्न भन्ने स्थानमा शनिवार राती भएको दुर्घटनामा मृत्यु भएको छ ।दुर्घटनामा निधन हुने ६ जना नै नातेदार रहेका छन् । दुई परिवारका ६ जनाको निधन भएपछि नेपालगञ्ज बजार शोकमा परेको छ । वैभव भारत माइतीमा रहेकी पत्नीलाई साथ लिएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो । घटनामा चालक गम्भीर घाइते रहेका छन् ।

बाँके प्रहरीका अनुसार घटनामा ६ जनाको मृत्यु भएको र उनीहरूको भारतमा नै पोष्टमार्टम हुने बताए । पाेष्टमार्टमपछि शव ल्याउने विषयमा समन्वय गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link