नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार भ्रष्टाचार विरोधी अभियानमा अझ निर्मम ढंगले प्रस्तुत हुने बताएका छन् । सरकारले लिएको नीतिका कारण माओवादीको शाख फर्केको उनको दाबी छ ।

आइतबार पार्टीको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्डले सुशासनको अभियानले पार्टीलाई झन एकताबद्ध बनाएको बताएका हुन् ।प्रचण्डले केन्द्रीय सदस्यहरूलाई सरकारले गरिरहेका राम्रो कामको प्रचार गर्न पनि आग्रह गरेका छन् । उनले भने ‘सरकारले जे जति राम्रो काम गरेको छ, राम्रा कामको मार्केटिङ पुगेको छैन । तपाईँहरूले अभियान चलाउनुस्’ ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणको छानबिनलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link