मानव वेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोरखा पालुङटार घर भई कास्की पोखरा महानगरपालिका ८ सृजना चोकमा खाजाघर सञ्चालन गरी बस्ने ६० वर्षीया पार्वती काराखेती रहेको प्रहरीले जनाएको छ ।

उनको होटलमा नाबालिका तथा महिलालाई ललाइफकाई वेटरको राम्रो काम लगाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी यौनजन्य क्रियाकलापमा लगाउने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।उनलाई जिल्ला अदालत कास्कीबाट मानव वेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link