नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, सोमबार छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link