१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्रा परेका छन् । सुर्खेत सिम्ता गाउँपालिका-३ बस्ने २३ वर्षीय भिम बहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link