नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मासहित पाँच जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार सांसद शर्मासहित ६ जना पक्राउ परेका हुन् । अन्य पक्राउ पर्नेमा डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी छन्। त्यस्तै धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पक्राउ परेकी छि न्।

उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका बताइएको छ । सिआइबीले थप पक्राउ गर्न अपरेसन जारी राखेकाे छ । बिहीबार सिआइबी टोलीले काठमाडौंको गल्फुटारबाट सांसद शर्मालाई पक्राउ गरेको थियो । शर्मा पक्राउ परेको विषयमा सिआइबीले संसद सचिवालयलाई बेलुका मात्रै जानकारी गराइएको थियाे ।

पक्राउ परेका चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले अनुसन्धान गरी पाऊँ भनेर काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेकाे जनाएकाे छ । उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र किर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link