नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई उजुरी गर्न लगाउँदै सांसद पक्राउ गर्न थालिए कोही बाँकी नरहने बताएका छन्।

शनिबार पत्रकार सम्मेलनमा ओलीले कांग्रेस सांसद सुनिल शर्मालाई पनि सरकारले आफ्नै कार्यकर्तालाई उजुरी गर्न लगाएर पक्राउ गरेको आरोप लगाएका छन्।

सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेकै कारण सुनिल शर्मालाई पक्राउ गरेको उनले बताए।

‘सुनिल शर्माको सर्टिफिकेटको बारेमा नजाँच भनेका छैनौं। तर यतिबेला सर्टिफिकेट जाँच गर्नुपर्‍यो। यसको छानबिन गर्नुपर्‍यो, जतिबेला उनले मन्त्रीको राजीनामाको कुरा उठाए,’ उनले भने, ‘एउटा कार्यकर्तालाई उजुरी हाल्न लगाउँदै मान्छै समात्दै जाने हो भने त कोही पनि बाँकी रहँदैन।’

उनले जननिर्वाचित सांसदलाई गिरफ्तार गर्दा सभामुखलाई जानकारी दिनुपर्नेमा सरकारले त्यति पनि नगरेको बताए। ‘सांसदलाई त यस्तो गर्न सक्छ भने सरकारले के गर्न सक्दैन भनेर तर्साउन खोजियो,’ उनले भने।

उनले गृहमन्त्री असफल प्रमाणीत भइसकेकाले राजीनामा गर्नुको विकल्प नरहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link