नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन तस्करी काण्डबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका छन् ।

संसदीय दलको बैठकमा नेता कोइरालाले नेपाल सुन तस्करीको अखडा बनेको उल्लेख गर्दै यसबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नु आवश्यक रहेको बताए ।पछिल्लो केही समययता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समितिको गठन गर्नुपर्ने माग गर्दै आएको छ । एमालेले उच्चस्तरीय समिति गठनको माग गर्दै संसद अवरुद्ध पनि गर्दै आएको छ ।

कांग्रेस नेता कोइरालाले पनि एमालेले माग गरेजस्तै उच्चस्तरीय समिति गठन गर्नुपर्ने उल्लेख गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link