अभिरल वर्षाका कारण बर्दियाकाे बबई नदीले बगाएउँदा तीन जना युवा वेपत्ता भएका छन् । बाढीका क्रममा दाउरा संकलनका लागि गएका गुलरिया नगरपालिकाका तीन जना युवालाई बबईको बाढीले बगाएको हाे । गुलरिया– १२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारूलाई मध्याह्न १२ बजे, गुलरिया– ८ थपुवाका २७ वर्षीय अक्षय चौधरीलाई साढे १ बजे र गुलरिया– २ पण्डितपुरका २७ वर्षीय महेश चौधरीलाई बाढीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ  ।

उनीहरू तीन जना बबईमा बाढी आएको समयमा दाउरा संकलन गर्न गएको र उनीहरू अलग अलग ठाउँबाट बगेको हाे । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले खोजी गर्दा पनि उनीहरू फेला पार्न नसकेको र सोमबार बिहानैबाट खोजी गरिने बताइएकाे छ ।

बेपत्ताको खोजी र डुबानमा परेकाहरूको उद्धारका लागि ११ जना नेपाली सेना, ४९ जना सशस्त्र प्रहरी र एक सय दस जना नेपाल प्रहरी दिनभर परिचानल भएको गरिएकाे छ ।

दाउरा संकलन गर्न गएकी मध्यबाँसगढी नगरपालिका– ३ की ४० वर्षीया रामजानी थारूको भने सकुशल उद्धार गरिएको थियो। डुडुवा खोलामा बाढी आएको समयमा दाउरा संकलन गर्न गएकी थारू नदीको टापूमा फसेकी थिइन्। उनलाई प्रहरी निरीक्षक सुधिर खड्काको कमान्डमा खटिएको सात जनाको प्रहरी टोलीले सकुशल उद्धार गरेकाे । त्यस्तै भारी वर्षाका कारण घरहरू डुबानमा परेका छन्। अहिलेसम्म ८४ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

बर्दिया नगरपालिका– ८ भगतपुरमा आठ घर डुबानमा परेका छन्। तीमध्ये चार घर परिवारका २२ जना विस्थापित भएका छन् ।  उनीहरूलाई सरस्वती आवासीय माध्यमिक विद्यालय, भगतपुरमा राखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link