प्रिमियर लिगमा चेल्सी र लिभरपुलले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

घरेलु मैदान स्टानफोर्डब्रिजमा भएको खेलमा एक गोलले पछि परेको चेल्सीले बराबरी गोल फर्काएको हो ।

खेलको १८औं मिनेटमा लुइस डियाजले मोहमद सालाहाको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

त्यसपछि सालाहा आफैले २९औं मिनेटमा गोल गरेका थिए । तर भिएआरले अफसाइड दियो ।

३७औं मिनेटमा एक्सल डिसासीले चेल्सीका लागि बराबरी गोल गरे । उनले बेन चिलवालको पासमा गोल गरे । चिलवालले आफैंले ३९औं मिनेटमा गोल गरे पनि भिएआरले मान्यता दिएन ।

बराबरीपछि दुवैले १-१ अंक जोडेका छन् । लिगकै अर्को खेलमा टोटेनहम र ब्रेन्टफोर्डले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link