गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका-४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सोमबार बेलुका साथिहरुसँग देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो ।

अरिङ्गालको टोकाइबाट घाइते भएका उनी सोमबार राति उनी घरमै बसे । आज (मंगलवार) बिहान आफन्तले गुल्मी अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा आज बिहान सोही अस्पतालमा मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link