लियोनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी टोली इन्टर मियामी लिग्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको सेमिफाइनलमा फिलफोडियालाई ४–१ गोलले हराउँदै मियामी फाइनलमा प्रवेश गरेको हो ।

मियामीको जितमा कप्तान मेस्सीसहित जोसेफ मार्टिनेज, जोडी अल्बा र डेभिड रुइजले एक–एक गोल गरेका थिए ।

यस्तै, फिलाडेल्फियाका लागि एलेजेन्ड्रो बिडोयाले एक गोल फर्काएका थिए ।

योसँगै मेस्सीले मियामीका लागि लगातार ६ खेल खेल्दा सबैमा गोल गरेका छन् ।

यो जितसँगै मियामी क्लबको इतिहासमा कुनै पनि प्रतियोगितामा पहिलो पटक उपाधि नजिक पुगेको छ ।

मियामीले अब मोन्टेरी र नासभिलबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link