राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
ओली बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् । प्रतिपक्षी दल नेतासमेत रहेका ओलीबीच बुधबार दिउँसो भेटवार्ता भएको हो । राष्ट्रपति पौडेल र अध्यक्ष ओलीबीच भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ।
संसद्मा उत्पन्न गतिरोधजस्ता विषयमा राष्ट्रपति र अध्यक्ष ओलीबीच कुराकानी भएको छ।
सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले १० साउनदेखि संसद् अवरोध गरिरहेको छ ।




