घरेलु टोली अष्ट्रेलियालाई पराजित गर्दै इङ्ल्यान्ड महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ। बुधबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्ड ३-१ गोलले विजयी भयो।

दोस्रो हाफमा खेल बराबरीमा ल्याएपनि अष्ट्रेलियाले हार टार्न सकेन। इङ्ल्यान्डले ३६ औँ मिनेटमा अग्रता लिएको थियो।
अलेस्सिया रुस्सोको पासमा एन्ना आन टोनीले गोल गरेपछि अष्ट्रेलिया खेलमा पछि परेको थियो।

तर अस्ट्रेलियाकी समन्था करले ६३ औँ मिनेटमा खेल बराबरीमा ल्याइन्। ७१ औँ मिनेटमा लरेन हेम्पको गोलमा इङ्ल्यान्डले फेरी अग्रता लिएको हो। अलेस्सिया रुस्सोले ८६ औँ मिनेटमा गोल थपेकी थिइन्। उनलाई हेम्पले पास उपलब्ध गराइन्।

यो खेलको विजेताले उपाधिका लागि स्पेनसँग खेल्ने छ। फाइनल जसले जितेपनि महिला विश्वकपले नयाँ विजेता पाउने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link