धुलिखेल अरनिको राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
धुलिखेल नगरपालिका-३ स्थित मिराबेल चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालक २७ वर्षीय सुरज गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको रा७प ७२८८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा२क २०१९ नम्बरको ट्रक ठोक्किएको थियो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




