मादक पदार्थ सेवन गरी बुहारीलाई कुटपिट गर्ने ससुरा पक्राउ परेका छन्। बर्दियाको बारबर्दिया नगरपालिका- ११ बिजयनगर बस्ने ५३ वर्षीय भरथरी चौधरी पक्राउ परेको प्रहरीले  जनाएको छ।

चौधरीले मादक पदार्थ सेवन गरी मोबाइल चलाएको विषयलाई लिएर आफ्नै बुहारी प्रमिलालाई कुटिपट गरी घाइते बनाएका थिए।

उनले बुहारीलाई कुटपिट गरी सडकमा घिसार्दै गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

चौधरीविरुद्ध सार्वजनिक हित तथा नैतिकता विरुद्धको कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय बर्दियाबाट म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link