नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको विकासका लागि निजामती कर्मचारीले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्। शुक्रबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन उद्घाटन गर्दै सभापति देउवाले निजामती कर्मचारी मुलुकको स्थायी सरकार भएकाले देशको विकासका लागि सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्।

उनले जनताको सेवामा निजामती कर्मचारीले विना अवरोधका साथ काम गर्न पाउनुपर्ने धारणा राखे । लोकतन्त्रीक संविधानअनुसार दलहरु लोकतन्त्रीक हुँदै गएको भन्दै उनले अहिलेको व्यवस्थालाई बलियो बनाउन सबै चनाखो हुनुपर्ने जिकिर गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link