दाङमा जंगली च्याउ खाँदा आमा छोरीको मृत्यु भएको छ ।

जंगली खाएर गम्भिर विरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीका एकै घरका आमा छोरीको उपचारको क्रममा मुत्यु भएको हो ।

च्याउ खाएर गम्भिर विरामी परेकी २७ वर्षीया ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

त्यसअघि ११ वर्षिया छोरी अस्मिता सुनारको साउन ३१ गते उपचारका क्रममा लुम्बि नी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको उनले बताए ।

साउन २९ गते साँझ जंगलबाट ल्याएको च्याउँ खादा घरका तीन जना विरामी परेका थिए ।

त्यस्तै मृतकका श्रीमान अजय सुनारका श्रीमान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link