नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरुमाथि अनुसन्धान नगर्न सिआइबीलाई गठबन्धनले दबाब दिएकोमा आपत्ति जनाएका छन् । शनिबार इलाममा आयोजित कार्यक्रममा महामन्त्री थापाले गठबन्धन बैठकमा अदालतको आदेश र ललिता निवास प्रकरणबारे छलफल हुनु नै आपत्तिजनक रहेको बताए ।

पार्टी सुढृडिकरण अभियानमा काेशी प्रदेशकाे इलामा पुगेका महामन्त्री थापाले बालुवाटारमा गठबन्धनको बैठक नेताहरु बसेर पूर्व प्रधानमन्त्रीहरुमाथि अनुसन्धान नगर्ने बारे भएकाे छलफलबारे  आपत्ति जनाएका हुन् ।

महामन्त्री थापाले कांग्रेस बैठकजस्तै अब गठबन्धनको बैठक र कांग्रेस एमाले तथा माओवादीका शीर्ष नेताहरुको बैठक पनि लाइभ गर्नुपर्ने बताए । ती बैठकमा के छलफल हुन्छन् भन्ने जनताले थाहा पाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link