स्विडेनले महिला विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ । शनिबार सह–आयोजक अष्ट्रेलियालाई २–० गोल अन्तरले हराउँदै स्विडेनले विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो । खेलको ३० औं मिनेटमा फ्रिडोलिना राल्फोको पेनाल्टी गोलमा स्विडेनले अग्रता लिएको थियो । कोसोवर असलानीले ६२ औं मिनेटमा गोल गर्दै स्विडेनको जित सुनिश्चित गरेकी थिईन् ।

सेमिफाइनलमा अष्ट्रेलिया, इङ्ल्याण्डसँग पराजित भएको थियो । महिला विश्वकपको उपाधिका लागि आईतबार इङ्ल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link