नासभिल एससीलाई सडन डेथमा पराजित गर्दै लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कपको उपाधि जितेको छ ।

टाइ ब्रेकरमा नासभिलको ११ औं प्रहार गोल किपरले गरेका थिए । तर उक्त प्रहार मियामीका गोल किपरले रोकेपछि मियामीले पहिलो उपाधि जितेको हो ।

टाइ ब्रेकर सुरुका ५ प्रहारमा दुवै टोलीले ४-४ गोल गरेका थिए । नासभिलले मियामीकाे ५ औं प्रहार रोकेपछि खेल सडन डेथमा पुगेकाे थियो । त्यसपछि लगातार ५ प्रहारमा दुवै टोलीले गोल गरेपछि गोल किपरले पेनाल्टी हान्नुपर्ने अवस्था बनेको थियो ।

खेलमा सुरुआती अग्रता मियामीले मेस्सीको गोलमा लिएपनि दोस्रो हाफमा नासभिल बराबरीमा फर्किएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link