सिन्धुलीमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । जिल्लाको दुधौली नगरपालिका १० कोक्टीस्थित जयन्ता कटवालको सौरभ होटलमा जुवातास खेलिरहेको अवस्थामा कटवालसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी कमजाखोजठाडी दुधौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link