कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका कार्यालयहरु खारेजी निर्णय सच्याउन माग गर्दै पशु सेवा विभागमा तालाबन्दी भएको छ ।

नेपाल भेटेरिनरी एशोसिएसनको अगुवाइमा १६ वटा विभिन्न संघ संस्थाले बिहीबार बिहान तालाबन्दी रेका हुन् ।

कृषिका महत्वपूर्ण कार्यालयहरु खारेज गरेर बजेट शून्य बनाइपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको तालाबन्दीमा संलग्न भेटेरिनरी एशोसिएसनका अध्यक्ष शीतलकाजी श्रेष्ठले बताए ।

‘कृषि र पशुपन्छी क्षेत्र यतिबेला समस्यामा छ। खेती उब्जनीमा समस्यादेखि पशुमा रोगसम्मको महामारी छ । तर सरकार महत्वपूर्ण कार्यालयहरु खारेजी गरेर बसेको छ,’ श्रेष्ठले भने, ‘आर्थिक वर्षको पहिलो महिना बित्दा दर्जनौं कार्यालयमा शून्य बजेट छ । तत्काल खारेजी र गाभ्ने निर्णय हटाउनु पर्‍यो । ‘

सरकारलाई बजेटको निर्णय फिर्ता लिन दबाद दिने उद्देश्य विभागमा तालाबन्दी गरिएको र यसमा १६ संस्थाका करीब एक सय जना अभियान्ता सहभागी भएको श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link