चिठ्ठामा आईफोन पर्‍यो भन्दै ठगी गर्ने गिरोहका २ जना करिब ५० लाख रुपैयाँसहित पक्राउ परेका छन् ।

उनीहरुको साथबाट १८३ थान सीमकार्ड र १२ वटा एटीएम बरामद भएको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेमा पर्साको बहुदामाई-८ का ३० वर्षीय राजकुमार पण्डित र रौतहटको कटहरीया-१ का २१ वर्षीय उमेशकुमार यादब रहेका छन् ।

उनीहरुमाथि विद्युतीय माध्यमबाट ठगी गरेको आरोपमा अदालतबाट ७ दिनको समय लिएर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । प्रहरीका अनुसार उनिहरुको साथबाट ४९ लाख ९५ हजार रुपैयाँ नगद बरामद भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link