२ महिनाय देखि सवारीचालक अनुमति पत्र (लाइसेन्स)को पूर्ण छपाइ कार्य रोकिएको छ । यातायात व्यवस्था विभागका अनुसार ठेक्का पाएको जर्मन कम्पनीले समयमै कार्ड डेलिभरी नगर्दा छपाइ राेकिएकाे हाे ।
अहिले वैदेशिक रोजगारमा जाने र अत्यावश्यक पर्नेहरुका लागि मात्रै फाट्टफुट्ट कार्ड छपाइ हुने गरेको छ । अन्यका लागि नियमित रुपमा हुने ठूलो परिमाणको छपाइ कार्य २ महिनादेखि रोकिएको हो । लाइसेन्स छपाइ कार्य रोकिएपछि ट्रायल पास भएका तथा नवीकरण हुने पर्खाइमा रहेका करिब ८ लाख प्रभावित भएका छन् ।
ठेक्का पाएको जर्मन कम्पनीले १२ लाख कार्ड डेलिभरी गर्नुपर्नेमा गरेकाे छैन । दसैंअघि नै १२ लाख कार्ड आउने थप अरु कार्डका लागि टेन्डर प्रक्रिया अघि बढाउनेगरी गृहकार्य भइरहेको विभागले जनाएकाे छ ।




